कोरोना विशेष

कोरोनाविरूद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरू


काठमाडौँ – कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू हुँदैछ । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने भएको छ ।

अभियान वैशाख ११ सम्म जारी रहनेछ । कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो । उक्त अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान र बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीलगायतले खोप लगाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियान देशभर सञ्चालन हुने जनाएको छ । प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप ४ लाख ३८ हजार ८७९ जनाले लगाएका थिए । काठमाडौं उपत्यकाका लागि १९ केन्द्र तोकिएको छ ।