समाचार

बंगलादेशमा लकडाउन लम्बियो, दिल्लीमा पनि लकडाउन, जोनसनको भ्रमण रद्व


काठमाडौँ –कोरोना संक्रमण बढेपछि बङ्लादेशमा लकडाउनको म्याद फेरि थप गरिएको घोषणा गरिएको छ । बङ्लादेशका सार्वजनिक प्रशासन राज्यमन्त्री फर्हाद हुसेनले अप्रिल २२ देखि २८ सम्म पनि लागु हुनेगरी लकडाउनको म्याद थपिएको जानकारी दिएका हुन् ।

बङ्लादेशमा यसअघि यही अप्रिल १४ देखि २१ सम्म एक हप्ते लकडान घोषणा गरिएको थियो । बङ्लादेशमा कोरोनाभाइरसबाट अहिलेसम्म सात लाख २४ हजार जना सङ्क्रमित भएक छन् ।

कुल सङ्क्रमित मध्ये १० हजार ४९७ जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार ३०० सङ्क्रमणमुक्त भएका छन् । दिल्लीमा पनि लकडाउन : कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ ।

राति १० बजेदेखि सुरु हुने लकडाउन आगामी सोमबार बिहान ५ बजे सम्मका लागि हुनेछ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपराज्यपाल अनिल बैजल र उच्च अधिकारीहरुबीच सोमबार बिहान भएको छलफलपछि लकडाउनको निर्णय गरेमा हुन ।

विगत केही दिनयता भारतका दिल्लीलगायत प्रमुख राज्यहरुमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । बेलायती प्रधानमन्त्रीको भारत भ्रमण रद्द : कोरोना महामारीका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनन्सनको आगामी साता हुन गइरहेको भारत भ्रमण रद्द भएको छ ।

जोनन्सनले आगामी २५ अप्रिलदेखि भारत भ्रमण गर्ने तय भएको थियो । यसअघि भारतको गणतन्त्रको दिवसको अवसरमा २६ जनवरीमा पनि बेलायती प्रधामन्त्री जोन्सन दिल्ली आउने कार्यक्रम थियो । भारतले गणतन्त्रको दिवसको अवसरमा दिल्लीमा हुने विशेषकार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा जोनन्सनलाई निम्तो गरेको थियो ।

तर, त्यतिबेला बेलायतमा कोरोना संक्रमण बढेको भन्दै जोन्सन आफैले भ्रमण रद्द गरेका थिए ।