राजनीति

ओलीसँग मिलेरै नयाँ निर्वाचन गरी कम्युनिस्ट सक्ने हो, ओली–प्रचण्ड दरबारीया र विदेशीबाट परिचालित छन् (भिडियोसहित)


काठमाडौँ – सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेको यो केपी शर्मा ओली सरकार निरन्तरताको कुनै आधार नै नभएको स्प्रष्ट पारेको छ । कांग्रेस नेता शंकर भण्डारीले ओली सरकारको निरन्तरता निराधार भएको बताउनु भएको हो ।
योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा कुरा गर्दै नेता भण्डारीले विकल्पको सुनिश्चितता नभईकन कांग्रेसले राजीनामा माग्नु र आफ्नो नेतृत्वमा सरकार बनाउनु उचित नहुने पनि बताउनु भएको छ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अहिलेसम्म कांग्रेसले झै बहुमतको निर्णयले सरकारको राजीनामा नमाग्नु गम्भीर विषय भएको जनाउनु भएको छ । नेपालको कम्युनिष्ट पार्टीका नेतृत्व गरिरहेका ओली र प्रचण्ड दरबारीया र विदेशीबाट परिचालित रहेको नेता भण्डारीले आरोप लगाउनु भएको छ । थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।