राजनीति

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस


काठमाडौँ – सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ । संसद् पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको संसदलाई पुनःस्थापना गर्न सर्वोच्च अदालतले फागुन ११ गते आदेश दिएको थियो ।