कोरोना विशेष

कोरोना संक्रमणले थप ३५ जनाको मृत्यु, एकैदिन ४ हजार ९२८ संक्रमित थपिए


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९२८ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५९७ जनाका पिसिआर र ९६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा चार हजार ९२८ जनालाई संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको कुल सख्या तीन लाख १७ हजार ५३० पुगेको छ । आज देशभर ८८८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८० हजार १६७ संक्रमित निको भइसकेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ । देशभर ५९ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।