कोरोना विशेष

कोरोना संक्रमणबाट भारतको स्थिति भयावह


काठमाडौँ – नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर आएसँगै संक्रमित हुनेको संख्याले आकाश छुँदा भयावह स्थिति आएको छ । भारतमा पछिल्लो दिनयता दिनहुँ नयाँ रेकर्ड कायम हुने गरी कोरोना भाइरस संक्रमित थपिइरहेका छन्। आक्रमाका रूपमा संक्रमण फैलिरहेको भारतमा पछिल्लो २४ घण्टामा मात्र २ लाख ७५ हजार ३ सय जनामा संक्रमित भएको छ ।
भारतमा संक्रमितको संख्या थपिदै जाँदा मृत्युदर पनि उच्च नै रहेको छ । सोही अवधिमा १ हजार ६२५ जनाको मृत्यु भएको छ । योसहित संक्रमणबाट १ लाख ७८ हजार ७ सय ९३ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार पुगेको छ। अहिलेको नै रफ्तारमा संक्रमित थपिदै जाने हो भने योभन्दा ठूलो भयावह स्थिति आउने पक्का छ ।