खेलकुद

च्याम्पियन्स लिगमा मड्रिड र चेल्सीको खेल बराबरी


काठमाडौँ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् ।
गएराति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीले १–१ गोलको बराबरी खेलेका छन् । रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने चेल्सीले टोलीले बनाएको थियो । खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । इडर मिलिटाओको पासमा उनले गोल गरे । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेन र खेल बराबरीमा सकियो । यस बराबरीसँगै दुबै टोलीको फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ । अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा हुनेछ । दोस्रो लेगको खेल आगामी मे ६ मा हुनेछ ।