खेलकुद

नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत


काठमाडौँ – नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेतलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बस्नेतलाई फुटसल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाले बस्नेतलाई ६ महिनाको लागि टिम हेर्ने जिम्मेवारी दिएको हो । बस्नेत यस अघि फुटसल टिमको सहायक प्रशिक्षक रहेका थिए । बस्नेतको नेतृत्वमा नेपालले आगामी अक्टोबरमा एएफसी फुटसल एसियन कप छनोट खेल्नेछ ।