अर्थनीति

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौँ — नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ पुगेको छ।त्यस्तै तेजावी सुनको भाउ ९१ हजार एक सय रुपैयाँ पुगेको छ।

बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो।

चाँदी प्रतितोला ११४५ रुपैयाँमा कारोबार भइरहेको छ ।