बिजनेस

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण


काठमाडौँ – संघीय दलको दुबै सदनबाट पारित बजेट राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै कार्यान्वयनमा आएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित बजेट सभामुख अग्नि सापकोटाले प्रमाणीत गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नै बजेट प्रमाणीकरण गर्नुभएको हो । यसैबीच, प्रतिनिधि सभाले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पनि बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बिच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८’ बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक असोज ११ गते दिउँसो २ बजे बस्ने भएको छ ।