राजनीति

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त


काठमाडौँ – आज बसेको मन्त्रिपरिषद बैठकले विश्वनाथ पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ ।

बैठकले अरु दुई जना सदस्य पनि नियुक्त गरेको छ ।

त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।