Breaking

मैले राज्यलाई ५५ रोपनी जग्गा दिएँ: झलनाथ खनाल


कामाडौँ — नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्रै राज्यलाई आफ्नो चलअचल सम्पती नदिएको जवाफ दिएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता खनालले आफुले ओलीभन्दा १५ वर्ष अगाडि आफु प्रधानमन्त्री भएको र त्यसबेला आफुले राज्यलाई ५५ रोपनी जग्गा दिएको बताएका हुन् ।

‘उहाँले मैले सबै श्री सम्पती, चल अचल सम्पती राज्यलाई बुझाएँ त्यस्तो अरु कोही छ भन्नुभो मलाई यसको जवाफ दिन खसखस लागिहाल्यो’, खनालले ओलीलाई जवाफ दिँदै भने, ‘उहाँ जतिबेला प्रधानमन्त्री हुनुभयो, त्यो भन्दा निकै अगाडि म प्रधानमन्त्री भएँ । आजभन्दा १५ वर्ष अगाडि ।’

उनले उक्त जमिनमा अहिले सिटीभिटीईको भवन बनेको बताए । ‘त्यसबेला इलाममा रहेको मेरो पैत्रिक सम्पतीका रुपमा रहेको ५५ रोपनी जग्गा मैले राज्यलाई दिएर सीटीईभीटी निर्माण गरेँ । सिटीभिटी भवन निर्माण गर्न जग्गा खोज्दा झ्याप्प झुप्प मिलेन । अनि आफ्नै जग्गा दिएर सिटीइभिटी बनाएँ,’ उनले एकचोटी त्यो सिटीभिटी डाँडामा गएर अवलोकन गर्न सांसदहरुलाई आग्रह पनि गरे । खनालले ओलीले मात्रै नभएर अब क्रमश अरु नेताले पनि आफ्नो सम्पती राज्यलाई दिँदै जानेको संख्या थपिने भएकाले चिन्ता नगर्न आग्रह गरे ।