राजनीति

मतदाता नामावलीमा नाम दर्ता गर्न के-के कागजात चाहिन्छ ?


काठमाडौँ – सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ ।

यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै मात्र उमेर पुगेका नागरिकका लागि यही असार १ गतेदेखि जिल्ला निर्वाचन आयोगले नाम दर्ता गरिरहेको छ ।

जिल्ला निर्वाचन आयोगको कार्यालयमा गएर आफ्नो नाम दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा भने उपत्यकाबाहिरका नागरिकले पनि आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

नाम मतदाता नामावलीमा दर्ता गराउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र चाहिन्छ । नागरिकतामा उल्लेख भएको स्थायी ठेगानाभन्दा फरक ठेगानामा नाम समावेश गर्न चाहेमा विवाह भई आएकोमा विवाह दर्ता र नाम दर्ता गर्न चाहेको स्थानमा बसाई सरी आएकोमा बसाईसराई प्रमाणपत्र चाहिने आयोगले स्पष्ट पारेको छ ।

नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा नाम समावेश गर्न चाहेमा नागरिकताबाहेक अन्य थप प्रमाण आवश्यक नपर्ने पनि आयोगले जनाएको छ ।