देश

पासपोर्ट बनाउन यस्तो हैरान, राती ३ बजेबाट भोकभोकै लाईनमा बस्छन् सेवाग्राही (भिडियोसहित)


काठमाडौँ – जहाँ गएपनि घण्टौ लाईन बस्नु नेपालीहरुका लागि नियती जस्तै बनिरहेको छ । अझ सरकारी कार्यालयमा त यो सामान्य बन्दै गएको छ । सबैभन्दा बढि सेवाग्राहि पुग्नमध्येको एक राहदानी विभाग पनि यसबाट अछुतो छैन । अर्थात रेमिन्ट्यान्सबाट चलेको देशमा विदेश जान आवश्यक पासपोर्ट बनाउने हैरानी ब्यहोर्नु परिरहेको छ । राहदानी विभागमा सेवाग्राहीहरुले पाउने सास्ती भोग्नेलाई बाहेक अरु कसलाई थाहा होला र ? यहाँ सास्ती भोग्ने तिनै हुन् जो विदेशमा पनि सास्ती नै भोग्छन् । श्रम बेच्ने सात समुद्रपारि पुगेकाहरु कोही बाकसमा फर्किन्छन् । कोही अंगभंग भएर स्वदेश आइपुग्छन् ।

नेपालमा स्थानीय एजेन्टदेखि चरण चरणका एजेन्टहरुले यी युवालाई किस्ता किस्तामा बिक्री गर्छन् । अर्थात युवा बेचेर देश चलाईरहेका हरुले पासपोर्ट बनाउने काम समेत झन्झटरहित बनाउन सकेका छैनन् । राहदानी बनाउनेहरु मध्ये ठुलो संख्या देशका अन्य जिल्लाहरुबाट आउने गर्छन । उनीहरुको यातायात भाडा,बसाई खर्च तथा द्रुत प्रिन्टमार्फतको शुल्क समेत जोड्दा राहदानी निर्माण खर्च कम्तीमा ३५ हजार पुग्ने गरेको सेवाग्राहिहरु बताउछन । अझ विहानै गाडि नपाउने समस्याका कारण विभागमा ३ बजेबाटै लाईन लाग्न आईपुग्ने सेवाग्राहिहरु १ बजे नै हिड्नुपर्ने बताउछन । लाईन छोडेर थोरै दायाँबाया भएमात्र पनि घण्टौ पछि परिने डरले उनीहरु भोकै बसिरहेका भेटिन्छन । त्यसमाथि पनि कम्तिमा दुई दिन समय खर्चेका उनीहरुले कार्यालयले तोके बमोजिमको शुल्क तिर्दा समेत तोकिएको समयमा राहदानी पाउदैनन् ।

हुन त राहदानी विभागको बोर्डम गुणस्तरीय सेवा दिएबापत यो आईएसओ चिन्ह पाउने नेपालको पहिलो सरकारी कार्यालय उल्लेख छ । तर यहाँ महिलालाई र पुरुषलाई फकर लाईनमा राख्नेजस्तो सामान्य व्यवस्थापनको कार्य समेत गरिएको छैन । तर विभागका पदाधिकारीहरु भने यो समाधाननै गर्न नसकिने समस्या भएको बताउछन ।

विभागबाट दैनिक २५ सय राहदानी प्रिन्ट हुने गरेको बताउने उनीहरु सो विभागको अनुमान भन्दा बाहिरको माग भएको जानकारी दिन्छन । अर्थात विदेशीनेको संख्या कम तर राहदानी बनाउनेको संख्या उच्च हुनुले राहदानी बनाईराख्ने सोचले काम गरेको उनीहरुको दाबी छ । जिल्लाबाटै एक महिनामा राहदानी प्राप्त हुने भएकोले यसबारे पनि सोच्न सके विभागमा देखिएको चाप कम गर्न सकिने उनीहरको भनाई छ । यो समस्या अन्त्यका लागि ई पासपोर्ट जारी गर्ने तयारी भईरहेको विभागले बताएको छ ।

राहदानी प्राप्तीका लागि सरकारले महंगो शुल्क सहितको सुविधाहरु ल्याएको छ । एकै व्यक्तिबाट १५ हजारसम्म शुल्क लिने तर एक थान पासपोर्ट पाउन असाधारण कष्ट पनि संगसंगै दिने राहदानी विभागको रबैयाले सिमा नाघेको छ । महंगो शुल्क पनि लिनेसुविधा पनि नदिनेआइएसओ प्राप्त सरकारी यो निकायले आफ्नो लाज ढाक्न जरुरी छ ।