बिजनेस

नेप्सेमा उच्च अंकको गिरावट, ९ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । बिहीबार नेप्से ७६.६५ अंकले घटेर २ हजार ८ सय १२ दशमलव ३८ अंकमा पुगेर थामिएको छ । बिहीबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव रहेको छ । आज नेप्से परिसूचकका १३ वटै उपसमूह राताम्मे भएको छन् । १३ उपसमूहमध्ये बैंकिङ ४१, ब्यापार ११०, होटल तथा पर्यटन १२५, विकास बैंक १९७, जलविद्युत १३७, फाइनान्स १३९, निर्जीवन बीमा ३८३, उत्पादन १३७, अन्य ३१, माइक्रोफाइनान्स १७१, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटेको छ ।

कारोबारमा आएका २२९ कम्पनीमध्ये २ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । बिहीवार मनकामना स्मार्ट लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेको छ ।