Breaking

निर्वतमान वडाध्यक्ष समर्थकले किरियापुत्री मतदाता कुटे


काठमाडौँ — लमजुङमा मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । बेंसीशहर नगरपालिका वडा नम्बर ११ स्थित एक मतदान केन्द्रमा कांग्रेस निकट किरीयापुत्री भोट हाल्न जाँदा उनलाई सघाउन अर्का व्यक्ति पनि सँगै गएको भन्दै एमाले कार्यकर्ताले विवाद गरेका थिए । त्यसपछि दुई पक्षबीच झडप भएको हो ।

किरीयापुत्री मनोज पन्त आफूसँगै सहयोगी लिएर छिर्दा ११ नम्बर वडाका निर्वतमान अध्यक्ष एमाले निकट अच्युत बगाले थापा नेतृत्वको टोली कुटपिटमा उत्रिएको हो । कांग्रेस समर्थकहरु पनि थापाको टोलीमाथि कुटपिटमा उत्रिएपछि झडप भएको हो । झडपमा कांंग्रेस सर्मथक प्रवल पन्त र निराजन पन्त घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

मतदान स्थलमा एकाएक कांग्रेस मतदाताको संख्या बढेपछि एमाले कार्यकर्ताले अबरोध गर्न खोजेका स्थानीयले बताए । अवरोध गर्न खोजेपछि कांग्रेस समर्थक र एमाले नेता कार्यकर्ताबीच बिबाद र धकेलाधकेल भएपछि कुटपिट सुरु भएको थियो । सुरक्षाकर्मीले अवस्थालाई नियन्त्रणमा लिन नसकेपछि नेपाली सेनाले झडप साम्य पारेको थियो । एक घन्टाभन्दा धेरै तनावको स्थिति आएपछि पुन मतदान सुरु भएको बेसीशहर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।