देश

थुनुवाले गरे प्रहरी कार्यालयमा नै आत्महत्या


काठमाडौँ – जिल्ला प्रहरी कार्यालय धनुषामा एक थुनुवाले आत्महत्या गरेको छ । हिरासतमा रहेका थुनुवाले आज बिहान आफुले लगाएको गञ्जी च्यातेर थुनुवाकक्षको शौचालयमा आत्महत्या गरेको बताइएको छ ।

आत्महत्या गर्ने पल्टु रविदासले केही दिनअघि मात्रै घरायसी विवाद हुँदा कुटपिट र अंगभंग मुद्दामा पक्राउ परेका थिए । उनी लक्ष्मीनियाँ गाउँपालिका निवासी रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको एसपी राणाभाटले बताएका छन् ।