कोरोना विशेष

थपिए १२७ नयाँ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८७४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ३२१ संक्रमित निको हुँदा हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार ४८८ पुगेको छ । त्यस्तै आज कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९ ४१ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा ७ हजार ७७० संक्रमित आइसोलेसन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।