देश

ताप्लेजुङ मालपोत अधिकृत १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ


काठमाडौँ — ताप्लेजुङ मालपोत अधिकृत १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरू महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनी रकमसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ स्थित कोप्चेबाट आइतबार पक्राउ परेको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।