अर्थनीति

अप्पर सोलु हाइड्रोको आईपीओ असार २० मा बिक्री खुला गर्ने


काठमाडौँ — अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको २३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।