देश

प्रदेश १ मा बजेट अभाव


काठमाडौँ — प्रदेश १ सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । प्रदेशले सबै मन्त्रालयलाई आफ्ना प्राथमिकता, सिद्धान्त तथा कार्यक्रमको मार्गनिर्देशन गर्दै बजेटको सिलिङ पनि तोकेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब ४६ करोडको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षमा बजेटको आकार बढ्ने प्रदेश १ को अर्थ मन्त्रालयले जनाएको छ ।

यसअघिका वर्षहरुमा आर्थिक स्रोत सुनिश्चितता बिना हचुवाको भरमा नयाँ योजना थप गरेको प्रदेश १ सरकार चालु आर्थिक वर्षमा भुक्तानी असन्तुलनले समस्यामा प(यो । संघीय सरकारसँग पहल गरेर झण्डै २७ अर्ब रुपैयाँको भुक्तानी दिनुपर्ने दायित्वलाई टारेको जनाइएको छ । यस्तै कोभिड महामारी र विश्वव्यापी रुपमा आउन लागेको खाद्यान्न संकटले नेपाललाई पार्नसक्ने असरको ख्याल गर्दै प्रदेश सरकारले बजेट तथा कार्यक्रम ल्याउने जनाएको छ ।