समाचार

निहारिकाको घटनामा आरोपित शिवराज श्रेष्ठ पक्राउ


काठमाडौँ — निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले शिवराज श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्‍ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए।

धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् । उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

काठमाडौँको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।