काठमाडौँ — सिंगापुरमा मलेसियाका ड्रग तस्कर नागेन्द्रन धर्मालिङ्गमलाई फाँसी दिइएको छ । उनकी दिदीले बीबीसीले यसबारे पुष्टि गरेकी छिन् । सन् २००९ मा २१ वर्ष पुगेका नागेन्द्रनलाई मलेसियाबाट सिंगापुरमा हेरोइनको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । एक दशकभन्दा बढी समयदेखि नागेन्द्रन धर्मालिङ्गम मृत्युदण्डको सजाय प्रतीक्षा गरिरहेका थिए ।
उनीविरुद्ध लागेको मुद्दा निकै विवादास्पद थियो । स्वास्थ्य विज्ञले नागेन्द्रनको मानसिक स्थिति कमजोर बताउँदै उनको आइक्यू स्तर ६९ मापन गरेका थिए । यो स्तरको आइक्यूलाई बौद्धिक अपाङ्गताको संकेत मानिन्छ । तर यति हुँदा हुँदै पनि मलेसियाली नागरिक नागेन्द्रनलाई फाँसीको सजाय दिइएको छ । तर सरकारले ‘उनले जे काम गरिरहेका थिए, उनलाई त्यसबारे निकै राम्रोसँग थाहा भएको ’ बताएको छ ।


प्रतिक्रिया