काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपालले तीन सीट पनि नल्याउने दावी गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाललाई तीन सिट ल्याएर देखाउन समेत चुनौती दिए । उनले भने, माधव नेपाल र उनी नेतृत्वको पार्टी २२\२३ सिट ल्याउने हुति भएको पार्टी हो अब तीन सिट ल्याएर देखाउन्त । पार्टीभित्रको कुरा दिइयो खुरु खुरु साथीहरुलाई ।
अहिले त जसले दौडेर भित्तो छुन्छ त्यो मन्त्री भन्ने प्रतिष्पर्धा पो भयो त । प्रचण्डको ५४\५४ सिट आउने हो चुनावमा । चारवटा सिट आउँदैन भनेर हामीसँग मिल्या होइन । एमालेले हरेक क्षेत्र सुक्ष्म तरिकाले हेरिरहेको बताए। स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु सक्रिय छन् । स्वास्थ्य शिक्षाको हव हुनुपर्छ नेपाल उनले भने विश्व हेल्थका निमित्त मोडेल हस्पिटल हुनुपर्छ ।’ भ्रष्टाचार गर्नेहरुले नै वाइडबडीको कुरा गर्ने गरेको उनले बताए । भ्रष्टहरुले नै सदाचारको कुरा उठाएको ओलीको भनाइ छ।


प्रतिक्रिया