अर्थनीति

विभिन्न १५ मुलुकबाट एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात

योहो संवाददाता


काठमाडौँ –नेपालले आर्थिक वर्ष २०७७र०७८ मा विभिन्न १५ मुलुकबाट एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । भन्सार विभागले प्रकाशन गरेको सो आर्थिक वर्षको प्रतिवेदनमा करीब १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ ।

सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट एक अर्ब ५० करोड अर्थात् करीब १० करोड थान डाइपर आयात गरेको थियो । यसपछि भियतनामबाट ५० लाख रूपैयाँको पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट ३१ लाख रूपैयाँको करीब १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ । अन्य विभिन्न मुलुकबाट पनि नेपालले डाइपर आयात गर्ने गर्छ ।