राजनीति

स्वास्थ्य राज्यमन्त्रीले तलव भत्ता लगायतका सरकारी सेवा नलिने, १०० दिनमा गर्ने २३ काम (सूचीसहित)

योहो संवाददाता

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्। पारिश्रमिक, आवासलगायत सुविधा नलिने सोमबार पत्रकार सम्मेलन गरेर उनले बताए। साथै उनले १०० दिनमा गर्ने २३ वटा कामको सूची पनि सार्वजनिक गरेका छन। गत साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएका उनले सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गरेका हुन्।

आफ्नो १०० दिनको कार्ययोजनामा खोपलाई उनले प्राथमिकता दिएका छन्। उनको कार्ययोजना आगामी असोजभित्रै सबै नेपालीलाई पुग्ने कोरोनाविरुद्धको खोप ल्याउने कुरा प्रमुख रहेको छ। नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए। श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए।

राज्यमन्त्री श्रेष्ठले एक सय दिनको कार्ययोजनासमेत अगाडि सारेका छन्। व्यापारीसमेत रहेका सांसद श्रेष्ठलाई मन्त्री बनाएकोमा पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो।

सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना :

मुलुक अहिलेविश्वव्यापीकोभिड–१९ महामारीबाट सिर्जित जनस्वास्थ्य सङ्कटको कठिन परिस्थितिबाट गुज्रिरहेको छ । ‘महामारीबाट बाचौँ र बचाऔँ’ हामी सम्पूर्ण नेपालीको मूलमन्त्र भएको छ । सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा गठित पाँच दलीय गठबन्धन सरकारले आम नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम तथा उपचार, खोप व्यवस्थापन रकोभिड–१९ सङ्क्रमितको निशुल्क तथा सर्वसुलभ उपचारलाई सर्वोच्च प्राथमिकता निर्धारण गरेको छ। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिवद्धता व्यक्त गरेअनुसार मैले खोप आयात, भण्डारण र सहज ढङ्गले वितरण गरी नेपाली नागरिकको जीवन रक्षा गर्ने गहन जिम्मेवारीलाई राष्ट्रिय अभियानको रूपमा अगाडि बढाइरहेको जानकारी सम्पूर्ण नेपाली नागरिकलाई गराउन चाहान्छु। हिजो आइतबारसम्म ६२ लाख १७ हजार ९ सय ९२ मात्रा खोप लगाइसकिएको छ भने असोज महिनाको अन्त्यसम्म २ करोड डोज खोप आपूर्ति हुने सुनिश्चित भइसकेको छ । कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाख (जसमध्ये ४० लाखको भुक्तानी भैसकेको र १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको) र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको छ । यसरी  कुल जम्मा ५ करोड २३ लाख खोप प्राप्त हुने अवस्था छ। असामान्य अवस्थामा पनि खोपको आपूर्ति तथा प्रभावकारी वितरणद्वारा निकट भविष्यमा महामारी नियन्त्रण गरी जनजीवनलाई सहजता र सामान्यीकरणको दिशातर्फ फर्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण प्रयास केन्द्रित भएको छ ।

यद्यपि, पछिल्लो समय बढ्दो सङ्क्रमण र संभावित तेस्रो लहर हाम्रा अगाडि चुनौतीको रूपमा देखा परेको छ । उक्त चुनौतीसँग सामना गर्न जनस्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरी आफू, परिवार र समुदायलाई जोगाउन हरेक नागरिकले निष्ठापूर्वक योगदान गर्न सम्पूर्ण नेपाली नागरिकलाई म हार्दिक अपिल गर्दछु । तपाईं–हाम्रो सचेत व्यवहार र जनस्वास्थ्य मापदण्डको प्रभावकारी पालनाले महामारी फैलनबाट रोक्न सकिन्छ । महामारी नियन्त्रणका लागि सम्बन्धित निकायहरूबीच प्रभावकारी संयोजन र समन्वय स्थापित गर्दै लगेका छौं ।

जनस्वास्थ्य सङ्कटको यस विषम परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा मैले केही नीतिगत प्रतिवद्धताका साथै योजना र कार्ययोजना तय गरेको छु । त्यसैले मैले आज तपाईँहरू समक्ष ती प्रतिवद्धता, योजना र कार्ययोजनाहरु प्रस्तुत गर्न गइरहेको छु ।

१) एक तिहाई नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतिवद्धतालाई साकार बनाई नेपाली जनताको जीवन रक्षा गर्नु मेरो सर्वोच्च प्राथमिकता हुनेछ| त्यसैले खोप खरिद र उचित व्यवस्थापन गरी तथा वितरण प्रणालीमा अविलम्ब आवश्यक सुधार गरी निर्धारित समय भित्रै सम्पूर्ण नेपाली नागरिकलाई खोप लगाइने प्रतिवद्धता व्यक्त गर्दछु । महामारी नियन्त्रणका लागि सर्वाधिक आवश्यक खोप व्यवस्थापनका लागि मित्र राष्ट्र तथा दातृ निकायहरूसँगको खोप कुटनीतिलाई उच्च प्राथमिकता दिनेछु| सरकारले पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अस्ट्राजेनिका खोप प्राप्त हुनासाथ ३ दिनभित्र वितरण गरिनेछ । दोस्रो डोज खोपको प्रतीक्षामा रहनु भएका जेष्ठ नागरिकहरूलाई अविलम्ब खोपको व्यवस्थापन गर्नेछु |

२) खोपको प्रभावकारी रूपमा समन्यायिक वितरण गरिनेछ । आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण र बढी आवागमन हुने र जनसांख्यिक चाप रहेका प्रमुख शहरी केन्द्रहरू काठमाडौँ उपत्यका, बुटवल-भैरहवा, पोखरा, वीरगञ्ज, विराटनगर, धनगढी, नेपालगञ्ज, सुर्खेत, जनकपुर, दमक लगायतका सहरमा प्रदेश तथा स्थानीय सरकारसंग समेत परामर्श र समन्वय गरी खोप केन्द्र थप गरी अझै सुलभ, व्यवस्थित र सरल ढंगले खोप वितरण गरिनेछ । मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया शुरू भइसकेको जानकारी गराउन चाहन्छु । कोभिड–१९ विरुद्धको खोप नेपालमै व्यावसायिक उत्पादनका सम्भावनामाथि पनि हामीले अध्ययन अघि बढाएका छौं । खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा छ । यसैगरी फाइजरको ६० लाख खोप खरिदका प्रारम्भिक काम सम्पन्न भइ उत्पादक कम्पनीसँग खरिद प्रक्रियाको थालनी भएको छ ।

३) विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइएको छ । आवश्यकताअनुसार उक्त वितरण केन्द्र थप गरिने छ |

४) कोभिड–१९ को उपचारका लागि पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको छ । अतिरिक्त जनस्वास्थ्यकर्मीहरू परिचालनगरीकोभिड–१९ को एन्टीजेन र पीसीआर परीक्षणको दायरा व्यापक विस्तार गरिनेछ ।कोभिड–१९ को उपचारका लागि अस्पतालहरूमा रिक्त शैयाको विवरण तत्काल अद्यावधिक गरी बिरामी भर्ना प्रक्रिया सहजीकरण गरिनेछ ।

५) निकट भविष्यमा आउन सक्ने कोभिड–१९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिका सहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिने छ | कोभिड–१९ को तेस्रो लहर फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्न सम्पूर्ण नेपालीहरूसँग हार्दिक अपिल गर्दछु । मित्र राष्ट्र, दातृ निकाय र गैरसरकारी संस्थाहरूबाट प्राप्त स्वास्थ्य सामग्रीको विवरण आवधिक रुपमा सार्वजनिक गरिनेछ भन�