समाचार

सिन्धुपाल्चोकमा फेरि लेदोमाटोसहितको बाढी, केही घरमा क्षति


काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पु¥याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको उहाँले बताउनुभयो । हेलम्बु गाउँपालिका–१ हेमाथांका चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताउनुभयो । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ । यसअघि असार १ गते आएको बाढीले हेलम्बु र मेलम्ची लगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो ।