काठमाडौँ – अफगानिस्तानमा गत एक हप्तामा देशभर चलाइएको सैन्य अभियानमा १५ सय भन्दा बढी तालिवान विद्रोही मारिएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) ले दाबी गरेको छ ।
सैन्य अभियानको क्रममा आठ सय भन्दा बढी घाइते भएका छन् । अफगानिस्तानी सेनाका अनुसार २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा १५ सय २८ विद्रोही लडाकू मारिएका छन् । अभियानको क्रममा १६ लडाकूलाई सेनाले नियन्त्रणमा लिएको छ । सेनाले गतहप्ताभरी स्थल, हवाई र तोपको सहयोगमा सैनिक कारबाही चलाएको बताइएको छ । सेनाका अनुसार यो अवधिमा विद्रोहीले १४ सर्वसाधारणको हत्या गरेको छ भने ३० जनालाई बनाएको छ ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने तयारी चलिरहेका समय तालिवान समूहले देशभर आक्रमण गरी आफ्ना गुमेका पुरानो प्रभाव क्षेत्रलाई नियन्त्रण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । तालीबान विद्रोहीले भने सेनाको दाबीमा कुनै आधार नभएको बताएको छ । सैनिक दस्तालाई मनोवैज्ञानिक रूपमा बलियो बनाउन सेनाले भ्रमपूर्ण प्रचार गरेको दाबी तालिवानले गरेको छ ।


प्रतिक्रिया