काठमाडौँ – गैरआवासीय नेपाली सघ (एनआरएनए)फिनल्याण्डमा शेखर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
संघको सम्पन्न सातौँ वार्षिक सभाबाट आगामी कार्यकाल ९२०२१–२०२३० को लागि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।आइसिसी सदस्यमा प्रकाश पोखरेल पनि निर्विरोध चयन हुनु भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डको नयाँ नेतृत्व चयन भएको छ ।
साधारणसभाले शेखर आचार्यको अध्यक्षतामा निर्विरोध नयाँ समिति चयन गरेको हो । एकजना आईसीसी सदस्यमा प्रकाश पोखरेल चुनिएका छन्। समितिको महासचिवमा दीपक केसी चयन भएका छन् भने सुवास रिजाल, सुनिल सुवाल र शैलु भट्टराई उपाध्यक्ष बनेका छन् ।
सचिवको जिम्मेवारी लुभ उपाध्याय र कोषाध्यक्षको जिम्मेवारी सचिन्द्र रिमालले पाएका छन् । युवा संयोजकमा हरिजंग शाही र महिला संयोजकमा निर्मला खरेल चयन भएका छन् । सदस्यहरुमा बिनित श्रेष्ठ, बिनित श्रेष्ठ, विनोद तिमिल्सिना, देवेन्द्र घिमिरे, कल्याण गिरी, किरण पौडेल, मुक्ति पौडेल, निरुषा खत्री, राजन भण्डारी, शारदा कंडेल, सिर्जना न्यौपाने, सुजन पराजुली र सुमित्रा रिजाल रहेका छन् ।


प्रतिक्रिया