Breaking

रविको कर्णाली प्रेम, घण्टीको भोट बढाउन बाटो–बाटोमै भेटघाट, झोले र खराने भन्नेलाई दह्रो जवाफ (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– कर्णाली प्रदेशमा लामो समययता नेपाली कांग्रेस र नेकपा एमाले र नेकपा लगायतका पुराना राजनीतिक दलहरूको बलियो उपस्थिति ररँदै आएको छ । पछिल्लो निर्वाचनमा झण्डै दुई तिहाइ मत ल्याएको रास्वपाले यहाँ अपेक्षीत सफलता हात पार्न सकेन । प्रत्यक्षतर्फ कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये पार्टीले एउटा मात्र सिट जित्न सक्यो । यसले पनि कर्णालीमा रास्वपाको कमजोर संगठनात्मक उपस्थितिलाई उजागर गरेको छ । तर, आगामी दिनमा सातै प्रदेशमा सञ्चालन गर्न लागिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भने रास्वपाले कर्णालीबाटै सुरु गरेको छ । सभापति रवि लामिछाने स्वयं सुर्खेत पुगेर कार्यक्रमको उद्घाटन गर्नुले पनि कर्णालीलाई पार्टीले विशेष प्राथमिकतामा राखेको संकेत गरेको छ । अब प्रश्न उठ्छ– यो कर्णालीको संगठन सुदृढ गर्ने अभियान हो वा आगामी स्थानीय तह र प्रदेश निर्वाचन लक्षित चुनावी रणनीति ?