काठमाडौं । राज्यका उच्च पदस्थ अधिकारी, न्यायालयका न्यायमूर्ति र सुरक्षा निकायका प्रमुखहरु नै बिचौलियाको इशारामा चल्न थाले भने देशको हविगत के होला ? इनम सापकोटाको पक्राउपछि कार्यपालिका, न्यायापलिका र सुरक्षा निकायमा जोडिएको उनको सम्बन्धले उतिबेला सिंगो देशको शासनसत्ता तरङ्गित बनेको छ ।
पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरादेखि वर्तमान प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश हरिप्रसाद फुयाल, रास्वपा सांसद विश्वराज पोखरेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसम्म विचौलियाको सम्पर्क र कारोबारमा रहेको विवरणहरु बाहिरिरहेका छन् । सापकोटाको ह्वाट्सएप संवाद र हाई–प्रोफाइल कनेक्सनले राज्यका संयन्त्रमाथिको जनविश्वासमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ । लगत्तै प्रधानमन्त्री बालेन शाहले न्यायालय, कर्मचारी प्रशासन र सुरक्षा निकाय सुधारको लागि बोल्ड डिसिजन लिने तयारीमा छन् ।
जेनजी आन्दोलनको जगमा सुशासनको वाचासहित बनेको सरकारका लागि यो घटना एउटा ठूलो अग्निपरीक्षा बनेर खडा भएको छ । बाँकी विस्तृतमा हेरौ यो रिपोर्ट


प्रतिक्रिया