काठमाडाैं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकृष्ण खड्गीले पत्रकारहरूमाथि गरिएकाे ह्र्यारेस आपत्ति जनाएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै खड्गीले नयाँ पत्रिका, नेपाल प्रेस लगायतका प्रतिष्ठित सञ्चारमाध्यमकाे समाचारकक्षमै प्रहरी परिचालन गरी पक्राउ वा त्रास सिर्जना गर्न खाेज्नु लाेकतन्त्रकाे आधारभूत मूल्य, मान्यता विपरीत भएकाे बताएका हुन्।
उनले पत्रकारको अधिकार कुण्ठित गर्ने तथा स्वतन्त्र र निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्ने वातावरणमा अवरोध सिर्जना गर्ने कार्य स्वीकार्य नहुने समेत बताएका छन्।
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै पत्रकारलाई नियन्त्रण गर्ने नभइ, सत्तालाई जवाफदेही बनाउने माध्यमका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
उनले अगाडि भनेका छन्, ‘समाचारप्रति असहमति भए कानुनी र संस्थागत प्रक्रियाबाट समाधान खोजिनुपर्छ, तर समाचार लेखेकै वा प्रश्न उठाएकै आधारमा पत्रकारलाई त्रसित बनाउनु हुँदैन।’
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब दिएकाे भन्दै प्रकाशित समाचारहरूमा ध्यानाकर्षण भएकाे बताउँदै प्रहरी हेडक्वार्टरले विज्ञप्ति जारी गरेकाे भेलिपल्टै एकपछि अर्काे मिडिया हाउसहरूमा सादा पाेशाकमा प्रहरी खटाइएकाे थियाे। त्यसक्रममा दुईजना पत्रकार पक्राउ परेका थिए। प्रधानमन्त्रीकाे सचिवालयले भन यसबारे सरकार अनविज्ञ रहेकाे बताएपछि थप प्रश्न उठेकाे छ।


प्रतिक्रिया