काठमाडौं– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात बुधबार बिहान भारतको आन्ध्र प्रदेश र यानम तटको बीचबाट जमिनमा प्रवेश गरेसँगै विभिन्न जिल्लामा ठूलो क्षति पु¥याएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात जमिनमा प्रवेश गर्ने क्रममा हावाको अधिकतम गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो । हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको विवरण छ । चक्रवातको प्रभावले तटीय क्षेत्रमा बाढी, डुबान र पहाडी क्षेत्रमा पहिरो गएको दृश्य भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । ‘अर्नब’को प्रभावले चेन्नईमा समेत समुद्री छाल उर्लिँदा सडकसम्म पानी पसेको र सवारी साधनसहित सर्वसाधारण बगेका दृश्यहरू सार्वजनिक भएका छन् ।
Breaking


प्रतिक्रिया