काठमाडौं– झन्डै दुईतिहाइको शक्तिशाली सरकारको गति र मति दुवै नमिलेपछि विपक्षी दलहरू जुरुक्कै उठ्न थालेका छन् । गत फागुन २१ गतेको निर्वाचनमा नराम्ररी बढारिएका पुराना दलहरू यति छोटो समयमै पुनः सक्रिय होलान् भन्ने सायदै कसैले सोचेका थिए । तर, बालेन शाह नेतृत्वको सरकारले जनअपेक्षाअनुसार परिणाम दिन नसक्दा विपक्षी दलहरूका लागि राजनीतिक पुनरागमनको ढोका खुलेको छ ।
यही मौका छोपेर वामपन्थी दलहरू छठ पर्वलगत्तै आन्दोलन चर्काउने रणनीतिमा छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस गाउँ–गाउँ पुगेर गुमेको साख फर्काउने दौडधुपमा छ । सरकार बनेको सात महिना बित्दासमेत नागरिकले परिवर्तनको ठोस अनुभूति गर्न पाएका छैनन् । सरकारले तामझामका साथ घोषणा गरेको सय दिने कार्यसूची अलपत्र छ भने मन्त्रीदेखि सत्तारूढ दल रास्वपाका सांसदहरूसम्म एकपछि अर्को विवादको दलदलमा फसेका छन् ।
Breaking


प्रतिक्रिया