Breaking

स्वर्णिम भारतमा लम्पसार, बालेन फायर, मन्त्रीको मर्यदा बिर्सिए, देखिएन राष्ट्रवादी छवि, मुकुलको त्यो बोली (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा गएर दिएको कूटनीतिक मर्यदाविपरितका दुई अभिव्यक्तिले अहिले नेपालको राजनीति तरंगित बनेको छ । विपक्षी दलहरुले त आलोचना गरेका छन् नै स्वयं रास्वपाका नेता कार्यकर्ताले समेत बालेन शाह नेतृत्वको सरकार असफल पार्न वाग्ले लागिपरेको भन्दै गुनासो पोख्न थालेका छन् । वाग्लेले भारतप्रति देखाएको लम्पसारवाद चरित्रपछि कतिपयले तत्कालिन रास्वपा महामन्त्री मुकुल ढकालको स्मरण गरेका छन् । ढकालले उतिबेलै स्वर्णिमले नेपाललाई भारतको राज्य बनाइदिन एग्रिमेन्ट गरिदिउँ भन्ने प्रस्ताव गरेको आरोप लगाएका थिए ।
नेपालमा राष्ट्रवादको नारा लगाएर जनताको मत बटुल्न जति सजिलो छ, सत्तामा पुगेपछि त्यही राष्ट्रवादको परीक्षा दिन त्यति नै कठिन छ । चुनावका बेला राष्ट्रिय स्वाभिमान, सीमा सुरक्षा र विदेशी हस्तक्षेपविरुद्ध चर्को भाषण गर्ने नेताहरू सत्ताको कुर्सीमा पुगेपछि भारतसँगको सम्बन्धका मामिलामा चुक्दै आएको विगत कही कतै छिपेको छैन । पूर्व प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार भारतका लागि कम्फटेवल रहेको दाबी गरे, केपी शर्मा ओलीले मध्यरातमा रअका प्रतिनिधिसँग बालुवाटारमै भेट गरे ।