Breaking

सुरु भयो दशैँ, बजारमा छैन उत्साह, खसी–बोका महँगीदै, विपद्ले गाउँ फर्किन त्रास, हवाइ भाडा महँगो (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादशैंको पहिलो दिन आइतबारबाट सुरु भएको छ । दशैं घरमा विधिविधान पूर्वक घटको स्थापना र पूजाआजा गरिएसँगै जमरा राखेर औपचारिक रुपमा बडा दशैं सुरुवात गरिएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ हुने दशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन घरघरका पूजा कोठामा वैदिक विधिपूर्वक दीयो, कलश र गणेश स्थापनासहित शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा चोखो स्थलबाट बालुवा वा माटो ल्याई त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । त्यसैको सुरुवात आजबाट भएको हो ।