काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनको मत गणना चलिरहेका बेला कोही पक्का भइसकेका छन् भने कोहीलाई धक्का लागेको छ । पदाधिकारीमा विशेष महाधिवेशनमा सहभागि भएका अधिकांश नेताहरु लगभग पक्का भए पनि केहीको भने कन्तवीजोक पनि छ । देउवा भाग खाएर चाखे थाप्न आएकाहरुको त हरिविजोक नै छ । महाधिवेशनको निर्वाचनको मत गणना भइरहदा चन्द्र भण्डारी खुल्ला उपसभापतिमा लगभग पक्का भइसकेका छन् । मधु आर्चायलाई बरु सुरेन्द्र आर्चायले टक्कर दिइरहेका छन् । महिला उपसभापतिमा पुष्पा भुसाल निविरोध हुदाँ समावेसीमा भने विनोद चौधरी पक्का जस्तै बनेका छन् । उनले हाल सम्म गणना गरेका मतको करिव ३० प्रतिशत मत पाएका छन् । यसमा जीवन परियारको सम्भावनालाई समेत नर्कान सकिदैन् । उनले सामान्य मतान्तरले पछ्याइरहेका छन् । महामन्त्रीमा त यो भन्दा पनि नाजुक अवस्था केही उम्मेद्धारको छ । खुल्ला महामन्त्रीमा कुनै उम्मेद्धार ६० प्रतिशसत मत कटाउदा कुनै उम्मेद्धार २ प्रतिशत पनि मत ल्याउन सकेका छैन् । यसमा प्रदिप पौडेल र उदयशम्शेर राणा लगभग पक्का जस्तै बनेका छन् ।
Breaking


प्रतिक्रिया