काठमाडौं– गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको ठिक ४६ दिनपछि अचानक गोरखाको बुढीगण्डकीमा भयानक बाढी आयो । लाङटाङ हिमालमा हिमपहिरो जाँदा लेखेन्दे खोलामा आएको शक्तिशाली बाढी जसले नेपाल मात्र होइन विश्वलाई नै चिन्ता थपिरहेको बेला सोही बाढीको झल्को दिनेगरी बूढीगण्डीकीमा बाढी आएको हो । आइतबार बिहान करिब ४ बजे लेदोसहितको बाढी आएपछि स्थानीय र पर्यटकहरुले भागेर ज्यान जोगाउँदा १० जना बेपत्ता छन् । सडकदेखि पुलसम्म बगाउँदा आवतआजत ठप्प भएको छ । भने धादिङमा मात्रै ४० घर बगाउँदा तटिय क्षेत्रका बस्तीहरु तहसनहसहरु भएका छन् । वर्षा नभइ कसरी बुढीगण्डकीमा सोच्नै नसक्ने गरि बाढी आयो ?, कहाँ के कति क्षति पुर्यायो र राज्यले उद्धारमा कस्तो तत्तपरता देखाएको छ ? सर्वत्र चासोको विषय बनेको छ ।
Breaking


प्रतिक्रिया