काठमाडौं– भोटेकोशीमा आएको बाढीले विपद् सिर्जना गरेको चौथो दिन विते पनि प्रभावितको उद्धार र राहतमा ठोश प्रगति हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी १५ हजार भन्दा खोज तथा उद्धारमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । तर, पनि अझै सास वा लासको खोजी र उद्धारका लागि अस्पताल, सेल्टर, सेनाको व्यारेक सबैजसो ठाउँमा आफन्तहरू बेपत्ताको खोजिमा टहलिनु परेको छ । बाढीमा हराइरहेकाहरूको यकिन तथ्याङ्क आउन नसकिरहेको अवस्थामा खोला खोलामा, भग्नावशेष घरहरूमा, बगरहरूमा यत्रतत्र छरिएका शवलाई व्यवस्थापन गर्न समेत सरकार असमर्थ छ । संकलन अभावमा शवहरु कुहिन थालेका छन् । हाइड्रो परियोजनाका सुरुङमा फसेका श्रमिकहरूको उद्धार गर्न नेपाली सेना असफल भएपछि भारत र चीनका सेना खटिएका छन् । शतप्रतिशत खोजी र उद्धारको कार्यमा सरकार चुकिरहेको कुरालाई घटना स्थलमा देखिने दर्दनाक दृश्य र पीडितहरूमा उत्पन्न आक्रोशले व्यक्त गरिरहेको छ ।
Breaking


प्रतिक्रिया