काठमाडौं– दुई दिनमै देशको सत्ता ढाल्न सफल जेनजी आन्दोलन भएको एक वर्ष पुग्न लागेको छ । देशका हरेक संयन्त्रलाई घुँडा टेकाउने काबलियत देखाएका जेनजीहरूले चाहेअनुसार नै अहिले देशको नेतृत्व पनि युवाको हातमा पुगेको छ । एउटै पार्टीको झन्डै दुई तिहाइको सरकार निर्माण गराइदिँदा केन्द्रमा स्थायी सरकार पनि बनेको छ । तर, जेनजी आन्दोलनको देनमा बनेको हालको यही दुई तिहाइ बहुमतको सरकारकै पालामा जेनजीका माग पूरा नहुँदा आन्दोलनका शहीद परिवार र घाइतेदेखि स्वयं रास्वपा सांसदहरूले नै सरकारप्रति असन्तुष्टि पोखिरहेका छन् ।
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा नभए पुनः सडक सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ र ‘घाइते जेनजी नेपाल संयुक्त सङ्घर्ष समिति’ले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका हुन् ।
देश


प्रतिक्रिया