Breaking

इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा अवरोध गरे ओमानमाथि पनि बम आक्रमण गर्ने ट्रम्पको धम्की

योहो संवाददाता

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा अवरोध गरे ओमानमाथि पनि बम आक्रमण गर्ने धम्की दिएका छन् । फक्स न्युजका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिएका हुन् । ट्रम्पको धम्की आउनु अघि इरानले ओमानसँग स्ट्रेट अफ होर्मुजबाट पानीजहाज आवतजावत गराउने विषयमा सहमति नजिक पुगेको जनाएको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले दुवै देशबीच जहाज पार गर्ने मार्गको नक्साबारे समझदारी बनेको बताएका थिए । ओमानले यसअघि इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै आएको थियो । स्ट्रेट अफ होर्मुजको दक्षिणी किनारमा रहेको ओमानले आफूलाई यस द्वन्द्वमा तटस्थ राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ । यद्यपि इरानबाट भएका केही आक्रमणको असर ओमानले पनि भोगेको छ ।

अमेरिकाको सहयोगी राष्ट्र ओमान र अमेरिकाले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन् । विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज पुनः खोल्ने विषय वार्ताको मुख्य एजेन्डा बनेको छ ।