काठमाडौं– इतिहासमा केही क्षण यस्ता आउँछन् — जहाँ कुनै नेताको भाषण होइन, कुनै दलको संगठन होइन, आम नागरिकभित्र लुकेको ऐक्यबद्धताको ज्वाला एकैचोटि दन्किन्छ । दिल्लीको जन्तर–मन्तर त्यस्तै एउटा दुर्लभ र ऐतिहासिक क्षणको साक्षी बन्यो ।
यहाँ कोही खाना खुवाइरहेका थिए, कोही पानी बाँडिरहेका थिए । कोही घाइते विद्यार्थीको घाउमा पट्टी बाँधिरहेका थिए । चिकित्सकहरूले आफ्ना क्लिनिक थुनेर सडकमै स्टल खडा गरे — किनभने यो आन्दोलन कुनै दलको थिएन, यो उनीहरूकै सन्तानको भविष्यको लडाइँ थियो । सडक सफा गर्नेदेखि मेडिकल सेवा दिनेसम्म — यहाँ हरेक मान्छे आफ्नै तरिकाले क्रान्तिकारी बने ।
अझ रोमाञ्चक दृश्य त सात समुन्द्र पारिको ऐक्यवद्धतामा देखियो । विदेशमा बसेका भारतीयहरूले अनलाइनबाट खाना अर्डर गरेर जन्तर–मन्तर पठाइरहेका थिए — हजारौं अपरिचित मान्छे, एउटै भावनाले जोडिएका । यो आन्दोलन प्रविधि र मानवीयताको त्यस्तो मिलन बन्यो, जसले नरेन्द्र मोदी सरकारलाई घुँडा टेकायो ।
अन्तराष्ट्रिय


प्रतिक्रिया