काठमाडौं– शिक्षा प्रणालीमा सुधारको माग गर्दै भारतको राजधानी नयाँ दिल्लीको केन्द्रभागमा हजारौँ युवाहरू विरोध प्रर्दशनमा उत्रिँदा तनावपूर्ण स्थितिको सिजर्ना भएको छ । भारतीय संसदको मनसुन सत्रको पहिलो दिन सोमबार कक्रोच जनता पार्टीको आह्वानमा भएको ‘चलो संसद’ मार्चमा सहभागी प्रदर्शनकारीहरुले संसद भवन कब्जाको प्रयास गरेपछि सुरक्षा बलले अश्रुग्यास र लाठी चार्ज गरी तितरवितर पारेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था बन्दा दिल्लीस्थित जन्तर मन्तरको अवस्था तनावपूर्ण बन्न पुग्यो । प्रहरीले बल प्रयोग गर्दा ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसक्रममा कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजीत दीपकेलाई दिल्ली प्रहरीले गिरफ्तार गरेको छ । सीजेपीका प्रवक्ता सौरभ दासले दीपकेलाई दिल्ली प्रहरीले प्रदर्शनस्थलबाट उनलाई उठाएर लगेको दाबी गरेका छन् । तर, प्रहरीले भने दीपकेलाई गिरफ्तार गरिएको विषयमा खुलाएको छैन । प्रवक्ता दासले भारतका सबै सांसदहरुलाई तत्काल सडकमा उत्रिँदै विद्यार्थीको प्रदर्शनलाई समर्थन गर्न अपिल गरेका छन् । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीमाथि कुटपिट र दुव्र्यहार गरेको आरोप उनले लगाएका छन् ।
अन्तराष्ट्रिय


प्रतिक्रिया