काठमाडौं– आफ्नै हात जगननाथ भन्दै राज्यको ढुकुटीमा ब्रह्मलुट मच्चाएकाहरु विगतमा राजनीतिक पहुँचकै आधारमा उम्किँदै आए । तर सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बालेन शाह नेतृत्वको सरकारले सुरुको तीन महिनामै एकपछि अर्का भीआइपीलाई कानुनी दायरमा ल्याएको छ । सत्ता सम्हालेको २४ घण्टा नवित्दै जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परे । त्यसपछि सुरु भएको भिआईपी पक्राउ गर्ने सरकारको अभियानले तीन महिनासम्मै तिब्रता पाएको छ । तर कमजोर प्रमाणका कारण मुद्दा दर्तानै नभई ओली लेखक थुना मुक्त भए । यद्यपी उनिहरु विरुद्ध अनुसन्धान भने जारी । नामुद बिचौलिया दीपक भट्टसँग राम्रै उठबस भएका र भट्टको लुटको योजनामा मसी चोपेका पूर्वअर्थमन्त्री विष्णु पौडेल अहिले प्रहरी खोरमा छन् । एमालेको उपाध्यक्ष समेत रहेका पौडेल अनुसन्धानमा तानीय पछि एमाले घाईते बाग जस्तो बनेर डुक्रीन थालेको छ ।
देश


प्रतिक्रिया