काठमाडौं– अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा सम्पन्न पहिलो चरणको वार्ताले मध्यपूर्वको तनाव कम गर्ने दिशामा केही आशाका किरणहरू देखाए पनि परमाणु निरीक्षणको विषयमा दुई देशबीचको मतभेद सतहमा आएको छ । वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले इरानले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः प्रवेश गर्न दिने सहमति जनाएको दाबी गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानले ‘प्रमुख हतियार निरीक्षण’ (मेजर वेपोन्स इन्पेक्सन्स्) स्वीकार गर्ने भन्दै सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेका छन् । तर, यो दाबीलाई इरानको विदेश मन्त्रालयले ठाडै अस्वीकार गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले इरानले परमाणु निरीक्षकहरूको सम्बन्धमा कुनै पनि नयाँ प्रतिबद्धता नगरेको स्पष्ट पारेका छन् । उनले भने, ‘हामीले निरीक्षकहरूसँग गर्ने कुनै पनि सहकार्य हाम्रो संसद र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले तोकेको विद्यमान प्रक्रियाअनुसार नै हुनेछ ।’
कतार र पाकिस्तानको मध्यस्थतामा भएको वार्तापछि अमेरिका र इरान ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने ‘रोडम्याप’ तयार गर्न सहमत भएका छन् । यसका लागि अमेरिकाले केही महत्वपूर्ण आर्थिक प्रतिबन्धहरू खुकुलो पारेको छ ।
अन्तराष्ट्रिय


प्रतिक्रिया