देश

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरुलाई खाना र पानीकै समस्या छ ः हर्क साम्पाङ

योहो संवाददाता

काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष साम्पाङले सुकुमवासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको भनेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।

अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।