काठमाडौं— काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९ औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । महानगर प्रमुख रहँदा बालेन्द्र शाहले तीनवटा नीति तथा कार्यक्रम ल्याएका थिए । तर, उनी राजीनामा दिएर मूल राजनीतिमा होमिएपछि कार्यवाहक प्रमुखको रूपमा नगरको कमान्ड सम्हालेकी डङ्गोल एक किसिमको रफ्तारमा अघि बढिरहेकी छन् । यसअघि स्वतन्त्रबाट मेयर बनेका शाह र विभिन्न दलका वडाध्यक्षबीचको अन्तरद्वन्द्वका कारण विवादित बनेको महानगरमा डंगोलले विवाद समाधानको भूमिका निर्वाह गरेकी थिइन् । उही विवादका कारण बालेनलाई नीति तथा कार्यक्रम ल्याउनसमेत हम्मेहम्मे परेको थियो । बालेन प्रमुख हुँदा नै उपत्यकाको फोहोरमैला व्यवस्थापन नभएसम्म खादामाला नलगाउने बाचा गरेकामा अहिलेको नीति तथा कार्यक्रममा उक्त विषय प्राथमिकतामा परेको छ । साथै, महानगरपालिकाले ‘जेन जेड, जेन अल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने र पहिलोपटक स्वास्थ्य सेवामा ‘निःशुल्क बाइक एम्बुलेन्स’ सेवालाई प्राथमिकतामा राखेको छ ।
देश


प्रतिक्रिया