अर्थनीति

करको दरमा बदमासी गरेको आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्छु ः अर्थमन्त्री वाग्ले

योहो संवाददाता

काठमाडौं— अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा कर बढ्दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित भए आँफु सार्वजनिक जीवन त्याग गर्न तयार रहेको बताएका छन् । आज सार्वजनिक लेखा समितिको बैठकमा ट्याक्स बढ्दैछ भनेर सूचना दियो भन्ने आरोपलाई प्रमाणित गर्न चुनौति दिएका छन् ।

उनले यस आरोपलाइ ‘ननसेन्स’ भनेर टिप्पणी गरे ।उनले भने, ‘यसमा प्रमाण ल्याएर आउनुहुन्छ भने म त कठघरामा उभिन तयार छु । ‘अर्बरखर्ब भन्द्छन् जथाभावी । दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ कहीँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । मेरो चुनौति हो ।’

उनले अन्य सांसदहरुलाई पनि यो स्तरको आँट राख्न आग्रह गरेका छन् ।