नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्कर जोशी पक्राउ परेका छन् । उनलाई अध्यागमनले नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाएको छ । उनीविरुद्ध सरकारी सम्पत्ति लिलाम प्रकरणमा अनुसन्धान भईरहेको छ ।
अध्यागमनको कालोसूचीमा रहेका जोशी भारतबाट नेपाल आउँदै थिए । अध्यागमनमा कालोसूचीमा परेको देखेपछि उनलाई नियन्त्रणमा लिएर सीआईबीलाई खबर गरिएको थियो ।
अहिले उनलाई सीआईबीको जिम्मा लगाईसकिएको प्रहरी प्रधान कार्यालयका सह प्रवक्ता दीप शमशेर जबराले बताएका हुन् ।


प्रतिक्रिया