देश

चुनावमा रास्वपा–एमाले कै महाभिडन्त, ओली–बालेन आमनेसामने, १६५ क्षेत्रमै वारपारको लडाइँ (भिडियोसहित)


काठमाडौं— आगामी फागुन २१ को निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच नै प्रमुख प्रतिस्पर्धा हुने परिदृश्य देखिँदैछ । काठमाडौँमा एमाले र कांग्रेसलाई स्तब्ध पार्दै मेयर पदमा विजयी भएका बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्ने तयारी गरेका छन् । यो सम्भावित भिडन्तले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । बालेनले ओलीकै इलाकामा छिरेर जित दर्ता गर्ने योजना मात्र बनाएका छैनन्, सोही क्षेत्रबाट ६ पटक जितेका ओलीको अपराजित यात्रामा ‘ब्रेक’ लगाउने आँट समेत गरेका छन् । तर, ओलीले बालेनलाई चिन्दै नचिन्ने भन्दै ‘लुसिफर’ लाई आफूसँग मुकाबिला गर्न नआउन चेतावनी दिएका छन् ।